PDCC Social Add

PDCC Social Add
Rise Your voice for change to corruption
एक्काइसौं शताब्दिलाई संचारको युग भनिन्छ। संचारविना मानिसको दैनिक जीवन अपुर्ण रहन्छ।  विश्वका सम्पूर्ण देशहरुले विकास र प्रगतिकालागि कुनै न कुनै रुपमा संचार क्षेत्रको सहयोग लिइरहेका छन्। विकसित देशहरुमा संचार क्षेत्र सबल रहेको छ। वर्तमान अवस्थामा नेपालमा भने संचार जगतको अवस्था पूर्ण रुपमा विकसित र स्वच्छ हुन सकेको  दिखिदैन। प्रविधि, सिर्जना र सहकार्यका दृष्टिले संचार क्षेत्र अझै गुणस्तरीय बन्न सकेको छैन। संख्यात्मक जनशक्तिको उत्पादन भएतापनि गुणस्तरीय जनशक्तिको उत्पादन प्रशस्त मात्रमा हुन सकेको छैन। परिणामस्वरुप नेपाली संचार माध्यमहरुमा नैतिकवान संचारकर्मीहरुको अभाव देखिने गरेको छ। यस अवस्थामा नेपाली "मिडिया" शिक्षालाई प्रभावकारी बनाउन यस विषयका विद्यार्थीहरुबीच सहकार्य र एकता आवश्यक देखिन्छ।

No comments