भिम लामा
काठमाडौं, जेष्ठ २२ । ग्रेगोरियन क्यालेण्डर अनुसार जुन ५, अर्थात् विश्व वातावरण दिवस । यस अवसरमा आज विश्वभरनै वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रम गरिएको छ । नेपालमा पनि वातावरण दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमका साथ सम्पन्न गराएको छ ।
 |
camera by: Bhim Lama
|
यसवर्ष विश्व वातावरण दिवसको सन्देश सोचेर खाऔं, खाना खेर नफालौ, वातावरण जोगाऔं भन्ने नारालाई मुख्य रुप दिई नेपालमा विभिन्न कार्यक्रम गरि मनाईयो । यस्तै गरि काठमाडौ वौद्धमा रहेको स्तूपा स्वस्थ्य सेवा सहकारी संस्था लिमिटेडको आयोजनामा पनि एक वृहत ¥याली तथा जनचेतनामूलक कार्यक्रम गरि सम्पन्न गराएको छ । उक्त कार्यक्रम विहान १० वजे बाट सुरु भई १२ जजे सम्म भएको थियो । कार्यक्रममा मदन भण्डारी मेमोरियल स्कूल., अरुणिमा उच्च मा. वि. र चिल्डे«न लिर्वट्री स्कूलका विद्यार्थीहरु र प्रतिनिधि शिक्षक–शिक्षकहरु समेत सहभागी भएको थियो । जनचेतनामूलक प्लेकार्ड, व्यानारहरुका साथ वौद्ध स्तुपा कलेजको प्रङ्गनबाट सुरु भई जोरपाटी नारायणटार सम्म पु¥याई पुन स्तुपा कलेज पुगेर कोण सभाको रुपमा परिणत भएको थियो । काठमाडौंकोे पूर्वी भेग वौद्ध–जोरपाटीमा बाहिर जिल्लाबाट रोजगार तथा बसाईसराई गरि आउने जनसंख्ययाको चाप वृद्धिका साथै कोलाहल तथा प्रदूषित बन्दै गएको क्षेत्रमा समय समयमा जनचेतनामूक कार्यक्रमका साथ व्यवहारिक ज्ञानको प्रयोगको लागि समेत पहल गर्न स्तुपा स्वस्थ्य सेवा सहकारी तथा नेपाल विज्ञान स्वस्थ्य अध्ययन संस्थाका सम्पूर्ण विद्यार्थीहरुको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष दिपेन्द्र लामाले वताउनुभयो । यस संस्था विगतका समयमा पनि समाजसेवामा तल्लिन रहेर सामाजिक कार्यमा सहभागी हुदैँ आएको जानकारी समेत दिनुभयो । मानव जातिले वातावरण बिगार्दा पृथ्वीका अरु प्राणी मारमा परिरहेका छन् । मानव जातिले गरेको फोहोरका कारण पृथ्वीनै प्रदूषित बन्न थालेको छ । मानवका कारण प्रकृतिमा भैरहेको यो अनमेलता अन्त्य गर्नकै लागि संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७२ देखि हरेक वर्ष जुन ५ का दिन विश्व वातावरा दिवस मनाउन थालिएको हो । जलवायु परिवर्तन र वातावरणीय असन्तुलनका कारण पृथ्वीको आयु घट्दै गएको वैज्ञानिकहरुले बताएका छन् । हरित गृह प्रभावका कारण पृथ्वीमा तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । जसका कारण समयमा अनावृष्टि र अतिवृष्टि हुने, ऋतु परिवर्तनसँगै हुनपर्ने अरु परिवर्तन नहुने, वनस्पती र जीवजन्तु लोप हुने जस्ता परिणाम देखिन थालेका छन् । हिमालमा हिउँ नजम्ने, परेको हिउँ चाँडै पग्लने, हिमतालहरु फुट्ने, हिमाल नांगिने, वेमौसमी वर्षा, प्राकृतिक प्रकोप हुने क्रम पनि बढेको छ । अम्ल वर्षा र विश्वव्यापी तापक्रम वृद्धि आज सबैको साझा चासो बन्दै गएको छ । यिनै कारणले नयाँ नयाँ रोगको प्रकोप पनि देखिन थालेको बताइन्छ । यिनै कारणले चिन्तित विश्वभरका मानव समुदायले आज एक पटक फेरि साझा चासो र चिन्ता व्यक्त गर्दै यो दिवस मनाउन लागेका हुन्
Post a Comment