PDCC Social Add

PDCC Social Add
Rise Your voice for change to corruption

रामेछापमा २ हजारको स्वास्थ्य परीक्षण

। रामेछाप जिल्लाको पकरबास गाविसमा २ हजारको स्वास्थ्य परीक्षण गरिएको छ । माघ ३ देखि ६ गतेसम्म सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरमा करिव २ हजार जनाले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । creativebhim.blogspot.com
सोलीथुम्को श्रीदेवीथान युवा क्लव, पर्यटन व्यवसायिक, सहकारी संस्था र पकरवास माकादुम तामाङ एकता समाज रामेछापको संयुक्त आयोजनामा भएको तीन दिने निःशुल्क शिविरमा पाँच घण्टाको बाटो स्थानीयबासी स्वास्थ्य परीक्षण गर्न आएका थिए ।
शिविरमा आँखा परीक्षण तथा मोतिविन्दूको शल्यक्रिया र नाक, कान, घाँटी, हाड जोर्ने लगाएत स्त्रीरोग सम्बन्धि विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको हो । उनीहरूलाई निःशुल्क औषधीसमेत बाँडिएको किरण मोक्तानले जानकारी दिइन् ।  
सकारात्मक विकास सञ्चार केन्द्र र प्रगतिशिल महिला समाज नेपाल काठमाडौंको सहकार्यमा भएको उक्त शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर तथा मनमोहन मेमोरियल शिक्षण अस्पताल काठमाडौंले प्राविधिक सहयोग गरेको भीम लामाले जानकारी दिए ।  





























































शिविरको उद्घाटन एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका थिए ।  

No comments